देशका सबैभन्दा ठूला लुटेराले प्रधानमन्त्रीबाट हटाइयो भनेर कूप्रचार गर्दैछन् : ओली

देशका सबैभन्दा ठूला लुटेराले प्रधानमन्त्रीबाट हटाइयो भनेर कूप्रचार गर्दैछन् : ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तर्फ लक्षित गर्दै देशका सबैभन्दा ठूला लुटेराले भ्रष्टाचारको फाइल खोल्दा प्रधानमन्त्रीबाट हटाइयो भनेर कूप्रचार गर्दै हिँडेको बताएका छन् ।

एमाले दाङले सोमबार घोराहीमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘देशका सबैभन्दा ठूला लुटेराले भ्रष्टाचारका फाइल खोल्न खोज्दा प्रधानमन्त्रीबाट हटाइयो भनेर कूप्रचार गर्दै हिँडेका छन् ।’

प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचारको फाइल प्रधानमन्त्रीसँग हुँदैन । म पनि प्रधानमन्त्री छु, मसँग त छैन ।’

देशको अर्थतन्त्र माओवादीले खोक्रो बनाएको दाबी गर्दै ओलीले बलियो अर्थतन्त्र एमालेले बनाउने दाबी गरेका छन् । माओवादी विदेशीको इशारामा चल्ने गरेको दाबी गर्दै उनले भने, ‘विदेशीको इशारामा काम गर्ने किनारा लाग्छन्, किनारा लगाइन्छ ।’