सुनसरीमा बर्डफ्लु पुष्टि, ४ किल्ला तोकेर नियन्त्रण गर्न निर्देशन

सुनसरीमा बर्डफ्लु पुष्टि, ४ किल्ला तोकेर नियन्त्रण गर्न निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सुनसरीको कोशी गाउँपालिकाको एक कृषि फार्ममा बर्डफ्लु पुष्टि भएको छ ।गाउँपालिका– ६ मा रहेको सप्तकोशी कृषि फार्ममा बर्डफ्लु रोग पुष्टि भएको हो ।

कृषि तथा पशुपन्छि विकास मन्त्रालयले सुनसरी प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै कृषि फार्मलाई चार किल्ला तोकेर नियन्त्रण गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले चार किल्ला भित्रको क्षेत्रमा बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ को नियम ५ र ६ बमोजिम रोग नियन्त्रण कार्य सञ्चालन गराउन र अन्य स्थानमा रोग प्रमाणित भएमा पनि सोहि बमोजिम आवश्यक समन्वय, सहजिकरण तथा सहकार्यको लागि अनुरोध समेत गरेको छ ।

सप्तकोशी फार्मबाट पूर्वतर्फ ५० मिटरको दूरीमा रहेको कच्ची बाटोसम्म, पश्चिममा खुल्ला मैदान २०० मिटरको दूरीसम्म, खुल्ला मैदान १५० मिटरको दूरीसम्म, खुल्ला मैदान ३०० मिटरको दूरीसम्म चार किल्ला तोकेको हो ।