कांग्रेस सभापति देउवा भोलि भारत जाँदै

कांग्रेस सभापति देउवा भोलि भारत जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार भारत जाँदैछन् ।

भारत, उत्तर प्रदेशको प्रयागराजमा आयोजना हुने ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटी’मा सहभागी हुन सभापति देउवा त्यसतर्फ जान लागेका हुन् ।

कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित विभिन्न देशका राजनीतिज्ञहरू पनि कार्यक्रममा उपस्थित हुनेछन् ।

देउवाले महाकुम्भमा स्नान पनि गर्नेछन् । त्यसपछि उनी त्यहाँबाटै नयाँ दिल्लीतर्फ जाने कार्यक्रम छ ।

यसबीच सभापति देउवा पत्नी तथा परराष्ट्रमन्त्री डा. आरजु राणाले पनि भारतमा चलिरहेको कुम्भ मेलामा सहभागी हुन देउवा त्यसतर्फ जाने लागेको जनाइकी छन् ।

ओमनको मस्कटमा रहेकी परराष्ट्रमन्त्री राणालाई भारतीय मिडियाले ‘कुम्भ मेला भ्रमण गर्ने योजना छ ?’ भनी सोधेको प्रश्नमा उनले यसबारे जानकारी दिएकी हुन् । ‘मेरो परिवारका सबै जना गएका छन्, मेरो श्रीमान् चाँडै जाँदै हुनुहुन्छ,’ परराष्ट्रमन्त्री राणाले भनिन् । आफ्नो कार्यव्यस्तताले गर्दा कुम्भ मेलामा सहभागी हुन नसकेको पनि उनले बताएकी छन् ।

परराष्ट्रमन्त्री राणा हिन्द महासागर सम्मेलनमा सहभागी हुन गत शुक्रबार ओमानको मस्कटमा छिन् ।