केआईआईटीमा नेपाली विद्यार्थीका लागि हेल्पडेस्क

केआईआईटीमा नेपाली विद्यार्थीका लागि हेल्पडेस्क

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि उत्पन्न तनाव साम्य पार्न उडिसा सरकारले सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ ।

लम्सालको मृत्यु पछि न्याय माग्ने विद्यार्थीहरूमाथि केआईआईटीका अधिकारीहरूले दुव्र्यवहार र कुटपिट गरेपछि कलेज छाड्न बाध्य भएका नेपाली विद्यार्थीहरूलाई फर्काउन ओडिसा सरकारले हेल्पडेस्क स्थापना गरेको छ ।

ओडिशा सरकारको उच्च शिक्षा विभागले भुवनेश्वरस्थित केआईआईटीमा २४ सै घण्टा सञ्चालन हुने गरी हेल्प डेस्क स्थापना गरेको हो ।

सरकारले घटनापछि प्रभावित विद्यार्थीहरूको सुरक्षा, शीघ्र पुनरागमन र शैक्षिक चासोलाई सुरक्षित गर्न विशेष पहल स्वरूप हेल्प डेस्क स्थापना गरेको जनाएको छ ।

हेल्प डेस्कको नेतृत्व निर्देशक काली प्रसन्न महापात्रले गरेका छन् । उनलाई उपनिर्देशक डा. रजत मनसिंहले सहयोग गर्ने छन् । उनीहरू मातहत ९ जना कर्मचारीहरूलाई चौबीसै घण्टा हेल्पडेस्कमा खटाइएको छ ।