‘लाज शरणम’ सेन्सर पास, पायो युनिभर्सल सर्टिफिकेट

‘लाज शरणम’ सेन्सर पास, पायो युनिभर्सल सर्टिफिकेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली फिल्म ‘लाज शरणम’ सेन्सर पास भएको छ। आइतबार केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले फिल्मलाई प्रदर्शनको अनुमति दिएको हो।

फागुन १४ गतेबाट हलमा प्रदर्शनको तयारीमा रहेको फिल्मले केहि दिन अघिबाट कानुनी झमेला झेलीरहेको थियो ।

आफूजस्तै देखिने चरित्र चित्रण गरेको भन्दै फिल्मविरुद्ध पाटन उच्च अदालतमा रिट दायर गरेका पूर्वमन्त्री एवं कांग्रेस नेता मोहम्मद अफताब आलमको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सरअघि फिल्मको प्रचारप्रसार नगर्न आदेश दिएको थियो। आदेश पश्चात प्रदर्शन हुने नहुने अन्योलमा रहेको फिल्मले सेन्सर पास गरेपछि भने प्रचारप्रसार गर्न पाउने भएको छ ।

सेन्सर बोर्डले रोक लगाउनुपर्ने कुनै दृश्य नभेटेपछि फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको छ। अब सबै उमेरसमूहकाले यो फिल्म हेर्न पाउने छन् ।

चर्चित टेलिसिरियल सक्किगोनि टिमले बनाएको यो फिल्म कुमार कट्टेलको लेखन र निर्देशनमा बनेको छ ।

फिल्ममा सीतारामसहित अर्जुन घिमिरे, विजय बराल, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्षण थापा, रेणु योगी लगायतको अभिनय रहेको छ।