महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रभातफेरी, आइपुगे साधुसन्त (तस्विरहरू)

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रभातफेरी, आइपुगे साधुसन्त (तस्विरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा प्रभातफेरी कार्यक्रम भएको छ ।

पशुपति क्षेत्र विकास कोषले सोमबार गरेको प्रभातफेरीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, राज्यमन्त्री अरुण चौधरी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, कोषका पदाधिकारी, संस्कृत विद्याश्रमका विद्यार्थी, गुरुवर्ग र स्थानीयको सहभागिता थियो ।

पशुपतिको मूलढोकाबाट निस्केको प्रभातफेरि पिंगलास्थान, गौशाला र जयबागेश्वरी हुँदै मन्दिर परिसर परिक्रमा गरी पुनः मन्दिरको मूलढोकामा नै पुगेर समापन भएको थियो ।

बुधबार हुने महाशिवरात्रिमा नेपाल र भारतलगायतका देशबाट साधुसन्तहरू आउने क्रम जारी छ । साधुसन्तका लागि खानेबस्ने सुविधाको प्रबन्ध गरिएको छ ।

शिवरात्रिमा आउने साधुसन्तलाई धुनीका लागि आवश्यक सबै प्रबन्ध मिलाइएको छ । शिवरात्रिको भोलिपल्ट औँसीका दिनमा उनीहरूलाई दक्षिणासहित बिदा गरिनेछ ।

पशुपति दर्शनका लागि मन्दिर पुग्ने भक्तजनहरूको सुविधाका लागि सम्पूर्ण तयारी पूरा गरिएको कोषले जानकारी दिएको छ ।

महाशिवरात्रि नजिकिएसँगै छिमेकी मुलुक भारतका साथै नेपालका विभिन्न ठाउँबाट साधुसन्त काठमाडौं आउन थालेका छन् । यसै क्रममा नागा बाबाहरू जन्तीसहित काठमाडौँ आएर अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट प्रवेश गरेका छन।

जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् ।