प्रकृति लम्साल मृत्यु प्रकरण : कर्मचारीलाई कडा कारबाही गर्न उडिसा सरकारले दियो निर्देशन

प्रकृति लम्साल मृत्यु प्रकरण : कर्मचारीलाई कडा कारबाही गर्न उडिसा सरकारले दियो निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतको उडिसा राज्यको भुवनेश्वरमा रहेको कालिगां इन्स्टियूट आफ इन्फरमेशन टेक्नोलोजी (केआईआईटी) नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरण अझै साम्य भएको छैन ।

केआईआईटीकोे होस्टेलको कोठामा आत्महत्या गरेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू भड्किएपछि प्रशासनले कुटपिट गर्दै कलेजबाटै निकालेको थियो ।

घटनाको सर्वत्र व्यपाक विरोध भएपछि उडिसा सरकारले छानबीन समिति बनाएको छ भने केआईआईटीले त्यहाँबाट निकालिएका नेपाली विद्यार्थीलाई पुनः फर्कन आग्रह गरेको छ ।

यसैबीच उडिशा सरकारले नेपाली विद्यार्थीहरूमाथि दुव्र्यवहार गर्ने कर्मचारीहरूमाथि कडा कारबाही गर्न केआईआईटीका अधिकारीहरूलाई निर्देशन दिएको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले उडिशाका मुख्यमन्त्री मोहन चरण माझीसँग शनिबार गरेको फोन वार्तापछि उडिसा सरकारको यस्तो निर्देशन आएको हो ।

फोन वार्तामा मन्त्री देउवाले घटनाप्रति चिन्ता व्यक्त गर्दै नेपाली विद्यार्थीहरूसँग दुव्र्यवहार गर्ने शिक्षक र कर्मचारीहरूलाई कारवाही गर्न मुख्यमन्त्री माझीलाई आग्रह गरेकी थिइन् ।

राज्य सरकारका एक वरिष्ठ अधिकारीका अनुसार नेपाली विद्यार्थीहरूलाई पुनः फर्काउन केआईआईटी प्रशासनलाई निर्देश जरिएको छ भने उनीहरूको सुरक्षाको पूर्ण प्रत्याभूत गर्न पनि भनिएको छ ।

केआईआईटीले नेपाली विद्यार्थीहरूलाई फर्काउन आग्रह गरेपनि धेरै विद्यार्थीहरू अझै फर्किएका छैनन । आरोपित अपराधीहरू केआईआईटीमा अझै रहे र उनीहरूविरुद्ध कारवाही नभए बदलाको डर नेपाली विद्यार्थीहरूमा रहेको निष्कर्ष राज्य सरकारको छ ।

घटनापछि प्रहरीले सीसीटीभी फुटेजको अवलोकलन गरेको छ भने विद्यार्थीहरूलाई आक्रमण गरेको आरोपमा कलेजका वरिष्ठ अधिकारी, सुरक्षा गार्डसहित १० जनालाई पक्राउ गरेको छ ।

केआईआईटीका अधिकारीहरूले आफ्ना कर्मचारीहरूको कार्यबाट भएको पीडालाई स्वीकार गर्दै माफी पनि मागेको छ ।