काठमाण्डु विश्वविद्यालयको उपकुलपति सिफारिसमा सकस, १३ पदाधिकारीको ध्यानाकर्षण

काठमाण्डु विश्वविद्यालयको उपकुलपति सिफारिसमा सकस, १३ पदाधिकारीको ध्यानाकर्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुंग्याउन विश्वविद्यालयका १३ पदाधिकारीले उपकुलपति खोज तथा सिफारिस समितिको ध्यानाकर्षण गराएका छन् ।

समितिलाई संयुक्त रूपमा पत्र पठाउँदै पदाधिकारीहरूले विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुंग्याउन ध्यानाकर्षण गराएका छन् ।

उपकुलपति सिफारिसमा ढिलाइ हुँदा समितिको कार्यक्षमता एवं निष्पक्षतामाथि समेत प्रश्न उठ्न थालेकाले सिफारिस प्रक्रिया यथाशीघ्र टुंग्याउनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ । उपकुलपति छनोटका लागि बनाइएका कार्यविधि तथा मापदण्डका आधारमा ३ जनाको नाम कुलपतिसमक्ष सिफारिस गर्नुपर्नेछ ।

‘उपकुलपति छनोट प्रक्रियामा सहभागी भई प्रस्तुति र अन्तर्वार्ता दिने उम्मेदवारहरूले पाएको अंकलाई तोडमोड गरिएको, प्रक्रिया सुरु भइसकेपछि नाम सिफारिसका लागि वस्तुपरक नदेखिने किसिम नयाँ शर्त अघि सारिँदा समितिमा अन्य सदस्यलाई अप्ठ्यारो परेको भन्ने विषयहरू सञ्चारमाध्याममा आइरहेका छन् । यसलाई गलत साबित गरी समिति आफैंले स्वीकृत गरेको प्रक्रिया र मापदण्डमा आधारित भई ३ जनाको नाम यथाशीघ्र सिफारिस हुनेमा हामी सबै आशावादी छौं,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

ध्यानाकर्षण पत्रमा काठमाण्डु विश्वविद्यालय स्कूल अफ एजुकेसनका डीन प्रा.डा. बालचन्द्र लुइँटेल, एशोसिएट डीनद्वय प्रा.डा. प्रकाशचन्द्र भट्टराई र प्रा.डा. हेमराज काफ्ले, स्कूल अफ आर्टस्का कायममुकायम डीन एक्कुमाया पुन, एशोसिएट डीन डा. उद्धव प्याकुरेल, स्कूल अफ म्यानेजमेन्टका डीन प्रा.डा. विजय केसी, एशोसिएट डीन डा. खगेन्द्र आचार्य, स्कूल अफ मेडिकल साइन्सेजका डीन प्रा.डा. मनोज हुमागाईं, स्कूल अफ साइन्सका कायममुकायम डीन प्रा.डा. उज्ज्वलमान जोशी, स्कूल अफ लका डीन प्रा.डा. ऋशिकेश वाग्ले, एशोसिएट डीन डा. शिवकुमार गिरी र स्कूल अफ इन्जिनीयरिङका एशोसिएट डीनद्वय डा. श्यामसुन्दर खड्का र प्रा.डा. बालकृष्ण बलको हस्ताक्षर छ ।

यस्तो छ पत्र –