जियानलुइजी बुफोन नेपालको पर्यटन दूत नियुक्त

जियानलुइजी बुफोन नेपालको पर्यटन दूत नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल सरकारले इटलीका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान जियानलुइजी बुफोनलाई पर्यटन दूत नियुक्त गरेको छ ।

बुफोनलाई सरकारले सन् २०२५ को पर्यटन प्रवर्द्धनको लागि पर्यटन राजदूत नियुक्त गरिएको हो ।

केपी ओली कपको फाइनल पछि भएको पुरस्कार वितरण समारोहमा बुफोनलाई पर्यटन राजदूत नियुक्त गरिएको घोषणा गरिएको थियो ।

केपी ओली कपको फाइनलमा प्रमुख अतिथिको रूपमा नेपाल आएका बुफोनलाई पर्यटन राजदूत घोषणा गर्नुले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा आयोजक राष्ट्रिय युवा संघ नेपालले गरेको छ ।