काठमाण्डु- वसन्तपुरमा होलीको चीर ठड्याइएको छ । शुक्रबार रंगीविरंगी ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो ।
हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको तीन खण्डे गजुर जस्तो देखिने रङ्गीबिरङ्गी होली चीर ठड्याइएको हो।
चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो ।
चीर ठड्याएसँगै राजधानी काठमाडौँलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ ।
होली पर्वको शुभारम्भ भएको जनाऊ दिन वसन्तपुरमा चीर ठड्याउने गरिन्छ ।
प्रतिक्रिया