काठमाण्डु- ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिाबर महिला मोर्चाले र्याली निकालेको छ ।
अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी), अखिल नेपाल महिला सङ्घ (समाजवादी), अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी र नेपाल समाजवादी महिला सङ्घले संयुक्त रूपमा र्यालीको आयोजना गरेका हुन् ।
राजधानीको माइतीघरबाट निस्किएको र्याली बानेश्वरसम्म पुगेको थियो । र्यालीमा सहभागीहरूले महिला अधिकारका पक्षमा नारा लगाएका थिए ।
प्रतिक्रिया