होलीमा यस्तो छ ट्राफिकको योजना

होलीमा यस्तो छ ट्राफिकको योजना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- होलीलाई मर्यादित र दुर्घटनारहित बनाउने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाले सुरक्षा व्यवस्था कडा पारेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरमा हजारभन्दा बढी ट्राफिक प्रहरीलाई होलीका दिन बिहीबार खटाइएकोछ भने काठमाडौं प्रवेश गर्ने नाकासहित स्थानमा विशेष जाँचको प्रवन्ध मिलाइएको छ । महाशाखाले बिहानैदेखि मापसे परीक्षणमा पनि कडाइ गरिएको जनाएको छ ।

होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली बनाउन ट्राफिकले व्यवस्थापन गरेको छ ।

उछृङ्खल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति र ‘जिगज्याग’ गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी गाडी चलाउने, मोटरसाइकल चलाउँदा हेल्मेट नलगाउने, मोटरसाइकलमा क्षमताभन्दा बढी मान्छे राख्ने, सवारी साधनको प्रयोग गरी महिलालाई लक्षित गरी रङ वा लोला हान्ने र अभद्र व्यवहार गर्नेलाई कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै ठूलो आवाज निकाल्ने र ‘मोडिफाइ’ गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नभएकाले सवारी साधन चलाउने, ट्राफिक नियमविपरीत सवारी चलाउनेमाथि विशेष निगरानी गर्न महाशाखाले निर्देशन दिएको छ ।

होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने धेरै हुने अनुमान गर्दै ट्राफिक प्रहरीले ‘होली विशेष सुरक्षा योजना’ निर्माण गरेर काम गरिरहेको छ ।

अन्य दिन चोक चोकमा ट्राफिक चेक जाँच हुने भएपनि होलीको दिन हरेक गल्लीमा चेकजाँच गर्ने तयारी भइरहेको छ ।
यस्ता चाडपर्वमा दिउँसै मापसे गरेर गल्लीको बाटो प्रयोग गर्नेलाई विशेष निगरानी गरिएको र सबैमा यस्ता ग्रैहकानुनी क्रियाकलाप नगर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ ।

सरकारले पनि होली पर्व मनाउने नाममा भिडभाड नगर्न भनेकाले त्यसलाई नियन्त्रण गर्न प्रहरीसमेत परिचालन गरिने भएको छ । यसले होलीमा हुनसक्ने संभावित दुर्घटनालाई कम गर्न सहयोग पुगने अनुमान गरिएको छ ।