कठमाण्डु- नेपाली भाषाका उपन्यासकार तथा पद्मश्री पुरस्कारबाट विभूषित साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ ।
९४ वर्षको उमेरमा बिहीबार राति भारतको गुवाहाटीस्थित घरमा उनको निधन भएको छ ।
क्षेत्रीको निधनसँगै नेपाली साहित्यको एक युगको अन्त्य भएको भारतीय नेपाली साहित्यकारहरूले बताएका छन् ।
भारतको असममा जन्मिएका ‘बसाइँ’ उनको चर्चित उपन्यास हो । उनले ‘ब्रह्मपुत्रको छेउछाउ’ बाट भारतको साहित्य अकादमी पुरस्कार पाएका थिए । उनका ‘अतृप्त’, ’प्रतिध्वनिहरू विस्मृतिको’, ‘असममा नेपाली भाषाको साह्रोगाह्रो’, ‘तीन दशक बीस अभिव्यक्ति’ लगायतका आख्यान र गैरआख्यान प्रकाशित छन् ।
उपन्यास, कथा, निबन्ध, समीक्षासहित डेढ दर्जन कृतिका सर्जक क्षेत्रीले नेपालबाट भाषा–साहित्यको अथक योगदानका निम्ति २०७२ सालमा जगदम्बा पुरस्कार पाएका थिए । उनका श्रीमती, दुई छोरा र छोरी छन् ।
प्रतिक्रिया