शंकरदेव क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

शंकरदेव क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाडौंको शंकरदेव क्याम्पसमा स्ववियु सभापतिले त्रिवि स्ववियुको कोष दुरुपयोग गरि भर्ना गरेको विषयमा विवाद हुँदा स्ववियु निर्वाचन अनिश्चित बनेको छ ।

स्ववियुले गरिब, पिछडिएका, अपाङ्ग तथा जेहनदार विद्यार्थीको नाममा रहेको कोषबाट स्ववियु सभापतिले ४ सयभन्दा बढि विद्यार्थीको भर्ना गरेको विषय उठेपछि एमाले निकट अनेरास्ववियुले तालाबन्दी गरेपछि त्यहाँ स्ववियु निर्वाचन अनिश्चित बनेको हो ।

स्ववियु सभापतिले नै फर्जी भर्ना गर्ने गलत काममा लागेपछि निर्वाचन गर्ने वातावरण नरहेको अनेरास्ववियुका एक नेताले बताए । उनले फर्जी विद्यार्थीको भर्ना खारेज हुनु पर्ने पनि बताए ।

शंकरदेव क्याम्पस स्ववियु निर्वाचन अधिकृत धूर्व सुवेदीले असामान्य परिस्थिति उत्पन्न भएकोले अर्को सूचना नआएसम्म स्ववियु चुनाव स्थगित भएको सूचना निकालेका छन् ।