काठमाण्डु- समाजवादी मोर्चाले पछिल्लो समय भइरहेका प्रतिगामी कदमहरूलाई असफल बनाउन विरोध प्रदर्शन तथा बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने भएको छ ।
शुक्रबार नेकपा (एकीकृत समाजवादी) को कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले १५ चैतमा काठमाडौंमा विरोध प्रदर्शन तथा बुद्धिजीवी र नागरिक समाजसँग शनिबार अन्तरक्रिया गर्ने निर्णय गरेको हो ।
बैठकले पछिल्लो समय भइरहेका प्रतिगामी कदमहरूको विरोधमा बुद्धिजीवी र नागरिक समाजका अगुवाहरूसँग छलफल गर्ने निर्णय गरेको नेकपा नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
बैठकमा संसद भित्र र बाहिर रहेका दलहरूसँग छलफल गर्ने, गणतन्त्र रक्षाको कुरा समाजवादतिरको यात्रालाई सहज बनाउने र वातावरण बनाउन छलफल बनाउने भन्ने निर्णय भएको छ ।
‘परिस्थिति एकपछि अर्को गरी जटिल बन्दै गएको विषयमा हामीले छलफल ग¥यौँ । यसलाई असफल बनाउन चैत्र १५ गते काठमाडौंमा वृहत विरोध कार्यक्रम गर्ने निर्णय भएको छ,’ उनले भने, ‘त्यसअघि तत्कालै वुद्धिजीवी र नागरिक समाजका अगुवाहरूसँग शनिबार छलफल गर्छौँ ।’
प्रतिक्रिया