४ करोडको बैंकिङ कसुरमा फरार रहेका लामा काठमाडौंबाट पक्राउ

४ करोडको बैंकिङ कसुरमा फरार रहेका लामा काठमाडौंबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बैंकिङ कसुरमा मुद्दामा फरार एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका-३ घर भइ काठमाडौं महानगरपालिका-६ बस्दै आएका ४९ वर्षीय कुयाङछुयाङ दोर्जे लामा रहेका छन्।

लामालाई काठमाडौं अनामनगरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

लामविरूद्ध काठमाडौं जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो।

लामाविरूद्ध ४ करोड ९ लाख २७ हजार १३७ रुपैयाँको बैंकिङ कसुरको मुद्दा रहेको छ। यसैगरी, प्रहरी वृत्त मालिगाउँमा रहेको २४ लाख रुपैयाँको बैंकिङ कसुरको मुद्दामा उनी फरार रहेका थिए।

लामालाई अहिले आवश्यक कारबाहीको लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ।

बैंकिङ कसुर मुद्दामा प्रहरी वृत्त मालिगाउँ काठमाडौंले उनलाई २४ लाख बिगो माग गरेको थियो ।