त्रिवि विश्वविद्यालय क्याम्पसको स्ववियु चुनाव चैत ८ गते हुने

त्रिवि विश्वविद्यालय क्याम्पसको स्ववियु चुनाव चैत ८ गते हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – त्रिवि विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचन ८ गतेसम्म हुने गरी सरेको छ ।

विश्वविद्यालय क्याम्पसमा चैत ५ गतेका लागि तय भएको निर्वाचन चैत ८ गते हुने गरी सारिएको निर्वाचन समितिले सूचनामार्फत जनाएको छ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले अवरुद्ध क्याम्पसमा प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि क्याम्पसले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

नयाँ कार्यतालिकाअनुसार सोमबार दिउँसो २ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकिएको छ । उम्मेदवारहरूको अन्तिम नामावली सोमबार अपरान्ह ५ बजे नै सार्वजनिक हुने जनाइएको छ ।