सुनको भाउले बनायो हालसम्मकै नयाँ रेकर्ड, कति पुग्यो ?

सुनको भाउले बनायो हालसम्मकै नयाँ रेकर्ड, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राखेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले बढेको हो ।

सोमबार १ लाख ७४ हजार १०० मा कारोबार भएको छापावाल सुन आज १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि चैत १ गते सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । त्यसपछि घटबढ भइरहेको सुनको मूल्य अहिले उच्चबिन्दुमा पुगेको हो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँ कायम भएको हो ।