काठमाडौंबाट एक ट्रक पैसासहित २ जना पक्राउ

काठमाडौंबाट एक ट्रक पैसासहित २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाडौँबाट करिब २५ करोड नगद सहित २ जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उक्त नगदसहित २ जनालाई पक्राउ गरेको हो ।

काठमाडौँको झोर महाकाल क्षेत्रबाट ना.१ ख १६५२ नम्बरको ट्रकबाट सो रकम बरामद गरिएको हो ।

नेपाली रुपैयाँ, अमेरिकी डलर र युरोसहित दुईजनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरुसँग रहेको ट्रक समेत बरामद गरिएको एसएसपी रमेश बस्नेतले जानकारी दिए । यसबारे विस्तृत विवरण पत्रकार सम्मलेन गरेर जानकारी दिने प्रहरीले जनाएको छ ।