आज हुने भनिएको त्रिचन्द्रमा स्ववियू निर्वाचन फेरि स्थगित

आज हुने भनिएको त्रिचन्द्रमा स्ववियू निर्वाचन फेरि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – त्रिचन्द्र क्याम्पस काठमाडौंमा आजका लागि तय भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन फेरि स्थगित भएको छ ।

यसअघि चैत ५ गते तोकिएको निर्वाचन क्याम्पसको मूलगेटमा नै तालाबन्दी भएपछि स्थगित भएको थियो । त्यसपछि बुधबारका लागि निर्वाचन तय भएको थियो ।

तर निर्वाचनका लागि सहज वातावरण नभएको भन्दै स्थगित गरिएको निर्वाचन अधिकृत अंगदमणि गौतमले बताए ।

केही विद्यार्थीले फेरि मूख्यगेटमा तालाबन्दी गरेकाले अर्को सूचना प्रकाशन नभएसम्म निर्वाचन रोकिएको उनले बताए । उनले केही विद्यार्थीले क्याम्पसको मुख्य द्वारमा पुनः तालाबन्दी गरेकाले अनिश्चितकालका लागि निर्वाचन स्थगित गरिएको बताए ।

‘त्रिवि केन्द्रीय कार्यालय तथा अन्य सम्बद्ध पक्षसँगको परामर्शपछि मतदानको मिति र समय तोकी अर्को सूचना प्रकाशन गर्ने गरी चैत्र १३ मा तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मतदान कार्य स्थगित गरिएको छ,’ समितिले जारी गरेको सूचनामा भनिएको छ ।