काठमाडौं– नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले नेपाली सेनाको वारेमा प्रकाशित समाचारबारे केरकार गरेका छन् ।
सहायकरथी समेत रहेका सैनिक प्रवक्ता भण्डारीले काठमाडौंपाटीमा बुधवार दिउंसो ६ः३० बजे फोन गर्दै धम्कीपूर्ण भाषामा समाचारको स्रोत खोल्न दबाव दिएका हुन् ।
भण्डारीले नेपाली सेनाले रथी बढुवामा गरेको सिफारीसको निर्णय किन छापेको भन्दै धम्की दिएका हुन् । सैनिक सचिव सरोजप्रताप राणाद्धारा हस्ताक्षरित रथी बढुवाको पत्र काठमाडौंपाटीमा प्रकाशित भएको थियो ।
सैनिक प्रवक्ता भण्डारीले सेनाको गोप्य डकुमेण्ट किन प्रकाशित गरेको भन्दै त्यसको स्रोत खोल्न दबाव दिएका थिए ।
यस्तो छ काठमाडौंपाटीमा प्रकाशित सेनाको रथी बढुवासम्बन्धी पत्र-
यस्तो थियो समाचार-
प्रतिक्रिया