बैंककमा प्रधानमन्त्री ओलीले थाई समकक्षीसँग भेट्दै

बैंककमा प्रधानमन्त्री ओलीले थाई समकक्षीसँग भेट्दै

संस्कृति र पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् सिनावातबीच बुधबार भेटवार्ता हुँदैछ ।

थाइल्याण्डका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो ।

यो भ्रमणले दुई देशबीचको सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा छ । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । साथै, दुई देशका गैरसरकारी र व्यावसायिक संस्थाबीच ६ वटा सहमतिपत्र आदानप्रदान हुने छन् ।

सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । त्यसपछि ओली थाइ समकक्षी सिनावातले आयोजना गर्ने दिवभोजमा सहभागी हुनेछन् । प्रधामनन्त्री ओलीले बुधबार नै थाइल्याण्डका राजा महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।