भारतको पटाका गोदाममा भीषण विस्फोट, २१ जनाको मृत्यु

भारतको पटाका गोदाममा भीषण विस्फोट, २१ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भारतको गुजरात राज्यमा मङ्गलबार एक पटाका गोदाममा भएको विस्फोटपछि आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ भने ५ जना घाइते भएका छन् ।

बनासकाँठा जिल्लाको डीसा नगरमा भएको यस घटनामा गोदामको केही भाग भत्किएको र कैयौं मानिसहरू फसेको बताइएको छ । मृतकमध्ये अधिकांश मजदुर थिए, जो त्यहाँ काम गरिरहेका थिए ।

प्रहरीका अनुसार, सुरुमा ६ जनाको मृत्यु भएको खबर आएको थियो, तर आगो नियन्त्रणमा आएपछि खोजी गर्दा मृतक सङ्ख्या बढेको हो । घटनाका बेला कति मजदुरहरू उपस्थित थिए भन्ने अझै यकिन हुन सकेको छैन ।

हाल उद्दार कार्य जारी छ। प्रहरी, नगरपालिकाका कर्मचारी र जिल्ला प्रशासनसहित करिब २०० जना उद्दारकर्मी खटिएका छन् ।