भूकम्पको ५ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीबितै उद्धार

भूकम्पको ५ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीबितै उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– म्यानमामा गएको ७.९ म्याग्निच्यूडको भूकम्पको ५ दिनपछि एक जनाको जीबितै उद्धार गरिएको छ ।

बुधबार म्यानमाको नेपिडोको एक होटलको भग्नावशेषबाट २६ वर्षीय कर्मचारीको जीबितै उद्धार गरिएको हो ।

भग्नावशेषमा दुई जना फसेको र म्यान्माको अग्नि सेवा विभाग र टर्कीको उद्धार टोलीले एक जनालाई सुरक्षित स्थानमा ल्याउन सफल भएको सूचना राज्य प्रशासन परिषद् टोलीले जनाएको छ ।

स्थानीय समयअनुसार मङ्गलबार अपराह्न ३ बजे होटलको अप्रेसन सुरु भएको र स्थानीय समयअनुसार बुधबार बिहान १२ः३० बजे ती व्यक्तिलाई उद्धार गरिएको बताइएको छ ।

बाँकी फसेका व्यक्तिहरूको खोजी र उद्धारको प्रयास जारी रहेको बताइएको छ ।