काठमाण्डु– सरकारले राजावादी प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई जनही १०–१० लाख दिने निर्णय गरेको छ ।
गृहमन्त्री स्तरीय बैठकले उक्त निर्णय लिएको उनको सचिवालयले जनाएको छ ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको निधन भएको थियो ।
सविन महर्जनको यसअघिनै पोस्टमार्टम गरि परिवारलाई बुझाइएको थियो भने रजकको आज मात्र पोस्टमार्टम गरिएको छ । उनको शव परिवारलाई बुझाउने तयारी गरिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
प्रतिक्रिया