काठमाण्डु – राजधानी काठमाण्डुको टोखा नगरपालिकास्थित झोरबाट गत चैत ४ गते ट्रकमा बरामद भएको करीब २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्राको साइनो सिन्धुपाल्चोकका विवादास्पद व्यवसायी नारायण पौडेलसँग जोडिएको छ ।
बरामद भएको रकमको अनुसन्धान गर्दै जाँदा प्रहरी पौडेलसम्म पुगेको हो । उनी यसअघि पटक–पटक रक्तचन्दन तस्करी लगायतमा जोडिँदै आएका थिए ।
नारायणका दाजु बच्चु पौडेल र भाइ राजकुमार पौडेल यसअघि ३३ किलो सुन प्रकरणमा जोडिएका थिए । राजकुमार नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय छन् ।
नारायण पनि माओवादीमा आबद्ध छन् भने बच्चु कांग्रेससँग नजिक छन् । जेठो दाजु ध्रुव पौडेल २०५४ सालमा एमालेबाट फुल्पिङकट्टी गाविस अध्यक्ष भएका थिए ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भएर टोखा नगरपालिका–१० बस्ने नारायण पौडेल २५ करोड रकमसँग जोडिएपछि प्रहरीले उनको नाममा पक्राउ पुर्जी जारी गरेको छ ।
ना७ख १६५२ नम्बरको ट्रकमा लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया