हेटौंडा – मकवानपुरको हेटौंडा–१६ हटियाका ३८ वर्षीय मिलन दंगाल बागमती गाउँपालिका–८ देउतीभञ्ज्याङमा रहस्यमय अवस्थामा मृत फेला परेका छन् ।
बुधबार बिहान हेटौंडा–सिन्धुली सडकखण्ड अन्तर्गत देउतीभञ्ज्याङस्थित सडक छेउको नालीमा उनको शव भेटिएको हो ।
स्थानीयका अनुसार मृतकको शरीरमा चोट लागेको देखिन्छ । शव फेला परेको स्थाननजिकै रगत लत्पतिएको अवस्थामा थियो ।
घटनाबारे खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा मृतक दंगालसँगै रहेका २ जनालाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ ।
मंगलबार राति सोही क्षेत्रको होटलमा झगडा भएको स्थानीयले जानकारी गराएका छन् । हाल घटनाको कारणबारे स्पष्ट नखुलेको भए पनि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइसकेको छ ।
शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेकाले दोषी ठहरिएमा कानूनी कारबाही अघि बढाइने प्रहरी प्रवक्ता अर्यालले बताए ।
प्रतिक्रिया