काठमाण्डु – प्रहरीले अवैध लागूऔषधसहित कञ्चनपुर र सुनसरीबाट ३ जनालाई पक्राउ गरेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ बासखेडाबाट नियन्त्रित लागूऔषध डाइजेपाम २९ एम्पुलसहित भीमदत्त नगरपालिका–१७ बागवाणी बस्ने ३७ वर्षीय मनोज सुनारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरी टोलीले उनलाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ ।
सुनसरीको कोशी गाउँपालिका–१ भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर करीब ५३ ग्राम २७० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका–१६ बस्ने ३४ वर्षीय मनोज कुमार चौधरी र ईटहरी उपमहानगरपालिका–६ बस्ने २३ वर्षीय सनम तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका मनोज कुमारलाई २७ ग्राम २७० मिलिग्राम र सनमलाई २६ ग्राम लागूपदार्थसहित पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया