देशभरबाट काठमाण्डु आएर आन्दोलन गरेका शिक्षकलाई बालेनले दिए धन्यवाद

देशभरबाट काठमाण्डु आएर आन्दोलन गरेका शिक्षकलाई बालेनले दिए धन्यवाद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शिक्षा ऐन जारी गर्न माग गर्दै राजधानी काठमाण्डुमा आन्दोलन गरेका शिक्षकहरूलाई काठमाण्डु महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ले धन्यवाद दिएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा लेख्दै मेयर शाहले फोहोर र तोडफोड नगरी आन्दोलन गरेकोमा धन्यवाद दिएका हुन् ।

उनले लेखेका छन्, ‘प्रिय शिक्षकहरू, तपाईंहरूले आफ्नो आन्दोलन फोहोर नगरी, केही नभत्काई गरिदिनुभयो, धन्यवाद ! हामीले जरिवाना खोजेको होइनौं, चेतना खोजेको हो । सार्वजनिक सम्पत्ति पनि आफ्नै सम्पत्ति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो । यही शिक्षा तपाईंले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला ।’

मेयर शाहले हामी सबै मिलेर चेतनशील समाज निर्माण गर्नुपर्ने बताए । उनले अगाडि लेखेका छन्, ‘हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौं । तपाईंहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईंहरूको त झन् ठूलो जिम्मेवारी र भूमिका छ यसमा । कृपया, आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिनुहोला । गाउँगाउँमा सिंहदरबार भन्ने त नारा मात्र भयो । आशा छ एकदिन आफ्नो अधिकारका लागि काठमाडौ धाइरहनु नपरोस् ।’