एनसेल फाउन्डेसनले १ गोल बराबर २५ शैक्षिक सामग्री वितरण गर्ने

एनसेल फाउन्डेसनले १ गोल बराबर २५ शैक्षिक सामग्री वितरण गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हाल जारी रहेको एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेल फाउन्डेसनले शिक्षा र समुदाय सशक्तीकरणप्रति आफ्नो प्रतिबद्धता अनुरूप सिजनभर गरिने प्रत्येक १ गोल बराबर २५ शैक्षिक सामग्री वितरण गर्ने प्रतिबद्धता जनाएको छ ।

एनसेलको पहल विशेषगरी देशका दुर्गम क्षेत्रमा अवस्थित विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको स्रोतको अभावलाई घटाउँदै गुणस्तरीय शिक्षाका लागि योगदान पुर्‍याउने फाउन्डेसनको प्रतिबद्धतामा आधारित छ ।

मंगलबारसम्म खेलिएका खेलहरू र तिनका नतिजाअनुसार फाउन्डेसनले ११ गोलबापत २७५ शैक्षिक सामग्री वितरण गर्ने सुनिश्चित भइसकेको छ । यसरी वितरण हुने सामग्रीहरूमा झोला, कापी, सिसाकलम, शार्पनर, इरेजर जस्ता आवश्यक शैक्षिक सामग्रीहरू समावेश हुने फाउन्डेसनले जनाएको छ । यसले स्रोतसाधन अभाव भएका समुदायका विद्यार्थीहरूलाई उनीहरूको सिकाइ अनुभव सुधार गर्न योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

‘हाम्रा समुदायहरूको सम्बन्ध फूटबलसँग गहिरो छ र यो पहलले फूटबलको उत्साहलाई विद्यार्थीहरूको उज्ज्वल भविष्यको लागि अर्थपूर्ण शैक्षिक सहयोगमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ,’ एनसेलकी एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर विषाशा लक्ष्मी खड्काले भनिन्, ‘हामी नेपाल सुपर लिगका सबै खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गर्छौं र यस महत्त्वपूर्ण उद्देश्यका लागि थप गोलहरू हुनेमा उत्साहित छौं ।’

एनसेल फाउन्डेसनले खेललाई शैक्षिक सहयोगसँग जोडेको पहिलोपटक होइन । यसअघि नेपाल प्रिमियर लिग (एनपीएल) का दौरान, फाउन्डेसनले प्रत्येक १ चौका बराबर ४ वटा शैक्षिक शैक्षिक सामग्री वितरण गर्ने सुनिश्चत गरेको थियो । त्यसअनुसार एनपीएलका ६५३ चौकाहरूबापत फाउन्डेसनले कूल २ हजार ६१२ शैक्षिक सामग्रीहरू वितरण गर्दैछ । हालसम्म फाउन्डेसनले नेपालभरका ४२ सरकारी विद्यालयका विद्यार्थीहरूलाई ५ हजारभन्दा बढी शैक्षिक सामग्रीहरू वितरण गरिसकेको छ ।

एनएसएलको समापनपछि एनसेल फाउन्डेसनले सम्बन्धित निकायहरू र अन्य सरोकारवालासँगको सहकार्यमा शैक्षिक सामग्रीहरू वितरण गर्नेछ । यो पहलमार्फत फाउन्डेसनले शिक्षा क्षेत्रमा एनसेलको सामाजिक जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ । सकारात्मक सामाजिक परिवर्तन र सामुदायको विकासको लागि शिक्षाको विकास अपरिहार्य रहेको एनसेलले स्पष्ट पारेको छ ।

एनसेल फाउन्डेसन प्रभावकारी व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का पहलहरूमार्फत देश र जनताको विकासमा योगदान पुर्‍याउन प्रतिबद्ध रहेको जनाइएको छ । संयुक्त राष्ट्र संघको दीगो विकास लक्ष्यहरू प्राप्तिका लागि योगदान पुर्‍याउँदै समावेशी र दीगो नेपालको प्रवद्र्धन गर्नु यसको उद्देश्य रहेको छ । एनसेलको थिम ‘हामी तपाईंकै लागि’मा आधारित भई फाउन्डेसनले शिक्षा, स्वास्थ्य, वातावरण, विपद् पूर्वतयारी तथा प्रतिकार्यका क्षेत्रमा कार्यहरू र अन्य सामुदायिक विकासका गतिविधिहरूमार्फत स्थानीय आवश्यकता सम्बोधन गर्दे विकासमा हातेमालो गर्ने एनसेलले जनाएको छ ।