काठमाण्डु – राजधानी काठमाण्डुको तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गरी राज्य विरुद्धको कसूर र आपराधिक उपद्रव लगायतका अपराधमा संलग्न रहेको आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डुले बुधबार जानकारी दिँदै काठमाण्डु जिल्ला अदालतबाट ७ दिनको मिलान म्याद थप अनुमति प्राप्त अनुसन्धान भइरहेको जनाएको छ ।
पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–१ गौरादह घर भएका २१ वर्षीय समिर मगर, रामेछापको सुनापाति गाउँपालिका–१ घर भएका २२ वर्षीय सुरेश गौतम, ताप्लेजुङको फुलुङ नगरपालिका–३ घर भएका २३ वर्षीय सुशील बराल, नुवाकोटको बेलकोटगढी नगरपालिका–७ घर भएका २७ वर्षीय रमेश राई, अछामको पञ्चदेवल नगरपालिका घर भएका २० वर्षीय गोकर्ण शाही र संखुवासभाको पाँचखपन नगरपालिका–२ घर भई काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–९ घर भई बस्ने ३९ वर्षीय मुकुन्द दहाल रहेका छन् ।

प्रतिक्रिया