काठमाण्डु– विन नेपाल लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गरेको छ। कम्पनीले आज चैत २१ गतेदेखि एफपीओ निष्कासन गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ५१ हजार २९२.५ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गरेको हो ।
घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
यसमा लगानीकर्ताले चैत २६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ ।
क्रेडिट रेटिङ संस्था केयर नेपालले विन नेपाल लघुवित्तको एफपीओलाई एनपी सिंगल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । केयर नेपालले २०८१ चैत ८ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८२ फागुन २२ गतेसम्म बाहल रहनेछ ।
कम्पनीको एफपीओमा न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा जम्मा ५ हजार १२९ जनाले मात्र सेयर हात पार्नेछन् ।
यसआधारमा हेर्ने हो भने यो एफपीओमा पनि १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ ।
प्रतिक्रिया