काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । बिहीबार सुनको मूल्य तोलामा १२०० रुपैयाँले बढेको हो ।
हिजो १ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ । बुधवार २ हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार १ हजार ९९५ रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया