ट्रम्पको आयात शुल्कको मारमा साना देशहरू

ट्रम्पको आयात शुल्कको मारमा साना देशहरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यापार व्यवस्थाको सबैभन्दा ठूलो उथलपुथलका रूपमा अमेरिका भित्रने सबै सामानहरूमा नयाँ आयात शुल्क घोषणा गरेका छन् ।

उनको ती योजनामा सबै आयातहरूमा कम्तीमा १० प्रतिशत त्यस्ता शुल्क लाग्ने छ । यो गत वर्षको चुनावी अभियानका बेला उनले गरेका प्रस्ताव अनुरूप नै हो ।

ह्वाइटहाउसले युरोपेली संघ र चीनसहित सबैभन्दा खराब अपराधी भनेर व्याख्या गरेका झन्डै ६० व्यापार साझेदारहरूका वस्तुहरूले उच्च दरको सामना गर्नुपर्ने छ ।

ट्रम्पले यसलाई अनुचित व्यापार नीतिहरूको नतिजा बताएका छन् । यस व्यापार युद्ध बढ्दा अमेरिकामा उच्च मूल्य र सुस्त वृद्धिदर देखा पर्ने सम्भावना रहेको विश्लेषकहरू बताउँछन् । त्यसैगरी विश्वभरका केही देश आर्थिक मन्दीमा समेत पर्न सक्छन् ।

त्यसैगरी विश्वभर केही देश आर्थिक मन्दीमा समेत पर्न सक्छन् ।
तर ह्वाइटहाउसमा गरिएको घोषणामा ट्रम्पले यी उपायहरू आवश्यक रहेको बताए ।

अरू देशहरूले उच्च शुल्क र अन्य व्यापार अवरोधहरू लगाएर अमेरिकाको फाइदा उठाइरहेको उनको भनाइ छ ।

ट्रम्पले अमेरिकालाई पाँच दशकदेखि “निकट र टाढाका तथा मित्र र शत्रुहरूले समान रूपमा लुटे, बलात्कार गरे, लुटिरहेको उल्लेख गरे ।

अमेरिकाले अप्रिल ५ मा १० प्रतिशत शुल्क लगाउन सुरु गर्ने जनाएको छ भने अन्य केही देशहरूका लागि तोकिएका उच्च शुल्क अप्रिल ९ देखि सुरु हुनेछ ।

आयात शुल्क भनेको आयातमा लाग्ने कर हो । गत वर्षको राष्ट्रपतीय चुनावी अभियानका क्रममा ट्रम्पले अमेरिकी समृद्धिका लागि नयाँ युगको वाचा गर्दै त्यो उत्पादन बढाउनमा प्रयोग गर्ने बताएका थिए ।

आयात शुल्कले सन् २०३४ सम्ममा २.२ ट्रिलियन डलर अमेरिकी राजस्व बढाउन सक्ने नन पार्टिसन कङ्ग्रेसनल बजेट अफिसले जनाएको छ ।

ट्रम्पले बुधवारका घोषणाअघि त्यसको पूर्व समीक्षाका लागि कैयौँ साता लगाएका थिए । जसक्रममा चीनबाट आयात हुने सामान, विदेशी कार, स्टील र आल्मुनियममा आयात शुल्क बढाउने र मेक्सिको र क्यानडाबाट आउने केही सामानहरूमा २५ प्रतिशत शुल्क बढाउने अन्य आदेशहरू भएका थिए ।

ह्वाइटहाउसका अनुसार यस घोषणाले अमेरिकाका दुई निकट व्यापार साझेदार मेक्सिको र क्यानडाका लागि तत्कालका लागि केही परिवर्तन गर्ने छैन । तर अन्य साझेदारहरूले भने नयाँ करहरूको सामना गर्ने छन् ।

त्यसमा ब्रिटेनका लागि १० प्रतिशत र युरोपेली संघ ईयूका लागि २० प्रतिशत समावेश गरिएको छ । चीनबाट आउने सामानहरूमा लाग्ने अमेरिकी आयात शुल्क ३४ प्रतिशतले बढ्ने छ जुन अहिले नै २० प्रतिशत रहेकाले त्यसमा थप हुँदा त्यो कुल शुल्कका रूपमा ५४ प्रतिशत पुग्ने छ ।

जापानबाट आउने सामानहरूमा २४ प्रतिशत र भारतबाट आउने सामानहरूमा २६ प्रतिशत भन्सार शुल्क लाग्ने छ ।
ट्रम्पको पहिलो कार्यकालमा आयात शुल्क लगाइएपछि कतिपय कम्पनीले आफ्ना आपूर्ति चक्रलाई चीनबाट अन्यत्र सारेका थिए ।

यस कदमले पछिल्ला वर्षमा त्यसरी लगानी बढ्दै गरेका देशहरूबाट हुने निर्यातलाई समेत असर गर्ने छ ।

अब भियतनाम र कम्बोडियाबाट आउने सामानहरूमा क्रमशः ४६ प्रतिशत र ४९ प्रतिशतको शुल्क सामना गर्ने छन् ।

कैयौँ साना देशमा पनि उच्च आयात शुल्कको मार पर्नेछ । जसमा दक्षिणी अफ्रिकी देश लेसोथोका उत्पादनहरूले ५० प्रतिशत आयात शुल्कको सामना गर्नुपर्ने छ ।