राजावादीहरुको आन्दोलनमा भाटभटेनीबाट रक्सी चोर्ने रास्वपाका नेता पनि पक्राउ

राजावादीहरुको आन्दोलनमा भाटभटेनीबाट रक्सी चोर्ने रास्वपाका नेता पनि पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–गत १५ गते राजावादीहरुको आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जिल्ला सभापति समेत पक्राउ परेका छन् । रास्वपाका नेता राजकुमार राई राजावादी नेताहरुसँग पक्राउ परेका हुन् ।

प्रहरीले उनको गतिविधिलाई सिसी टिभीमा हेरेर पक्राउ गरेको हो। अमेरिकाबाट पीएचडी गरेका र सीसीआरसी कलेज बालकुमारीका डाइरेक्टरसमेत रहेका राई रास्वपा खोटाङका सभापति हुन् ।

उनले चैत १५ गते कोटेश्वरको भाटभटेनीबाट महंगा ब्रान्डका ब्ल्याकलेबल, ब्यू लेबल जस्ता ह्वीस्की चोर्दै गरेको सीसीटीभी फुटेजका आधारमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

राईलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिइसकेको छ।

पहिलो पटक उनलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट अनुमति पाएको छ।

६३ वर्षका राईलाई अपराधिक उपद्रव र संगठित अपराधको कसुरमा प्रहरीले म्याद लिएर अनुसन्धान अगाडी बढाएको छ।