काठमाण्डु– काठमाण्डु महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं कार्यालयमा हाजिर हुन पुगेका छन् ।
गुरागाईं हाजिर हुन आउने भनिएपछि महानगरपालिका परिसरमा प्रहरी तैनाथ गरिएको थियो ।
प्रक्रिया पूरा नगरी नक्सा पार गरेको भन्दै महानगरले गुरागाईंलाई जिम्मेवारीबाट हटाएको थियो । उनी आज कार्यालय आउने तयारी गरेपछि महानगर प्रहरी तैनाथ गरेर उनलाई गेटमै रोक्न खोजेको हो ।
तर, कर्मचारीहरूले रोक्न नदिइ उनलाई कार्यालय प्रवेश गराएका छन् ।
महानगरका कर्मचारीहरूले भने सरकारले गुरागाईंलाई नै पठाएकाले हाजिर गर्न लगाएर काममा खटाउने पर्ने माग गरेका छन् ।
मेयर बालेन साहबाहेकका जनप्रतिनिधिहरु प्रशासकीय अधिकृतको स्वागतमा खडा भएका छन् । स्वागत गर्नेमा महानगरकी उपप्रमुख सुनिता डंगोलसमेत उपस्थित भएकी छिन् ।
प्रतिक्रिया