काठमाण्डु– काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं आफ्नो नियमित जिम्मेवारीमा फर्किएका छन् । कर्मचारी र जनप्रतिनिधिहरुको सहयोगमा उनी आज कार्यालय फर्किएर जिम्मेवारी सम्हालेका हुन् ।
जिम्मेवारी सम्हाल्न पुगेका प्रमुख प्रशासकीय सरोज गुरागाईंले नयाँ हाजिरी रजिस्ट्रर बनाएर हाजिर गरेका छन् ।
महानगरको हाजिरी रजिस्ट्रर मेयर बालेन शाहले राखेर सम्पर्कविहीन भएपछि नयाँ रजिस्ट्रर बनाएर हाजिर गरेका हुन् ।
जनप्रतिनिधि र कर्मचारीको सहयोगमा कार्यालय पुगेका गुरागाईं कार्यकक्षमा लागेको ताला फोडेर भित्र पसेका थिए ।
उपप्रमुख सुनीता डंगोल, वडाध्यक्ष तथा कार्यपालिका सदसस्यसहितको अनौपचारिक बैठकपछि उनीहरूले ताला फोडेर गुरागाईँलाई कार्यकक्षमा प्रवेश गराएका हुन्।
गुरागाईँ ३ महिना १४ दिनपछि आज कार्यालय फर्किएका हुन्।
प्रतिक्रिया