एनसेलको ‘एनएसएल’ अफर : बोनस डेटादेखि अस्पताल भर्ना बीमा सुविधासम्म

एनसेलको ‘एनएसएल’ अफर : बोनस डेटादेखि अस्पताल भर्ना बीमा सुविधासम्म

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– हाल जारी रहेको एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले दुई आकर्षक अफरहरू संचालनमा ल्याएको छ । यी अफरहरु अन्तर्गत ग्राहकहरूले सधैँ अन रिन्युअल प्याकहरुमा दोब्बर डेटा र साना डेटा प्याकहरूमा बोनस सेवाहरू पाउँछन् ।

यी दुवै अफरहरू आज बिहीबार (चैत्र २१) बाट लागू भएका छन् र वैशाख १६ सम्म मान्य रहनेछन् । एनएसएल डबल डेटा अफरअन्तर्गत, कर सहित ३९९ बाट सुरु हुने सधैँ अन रिन्यूअल प्याकहरू ग्राहकहरूले दोब्बर डेटा बोनसका रूपमा प्राप्त गर्दछन् ।

उदाहरणका लागि, ७९९ को मासिक सधैँ अन रिन्यूअल प्याक लिने ग्राहकहरूले प्याकमा पाइने मुख्य सेवाहरू ३० जीबी डेटा, सबै नेटवर्कमा अन लिमिटेड कल गर्न सकिने सुविधा, र ७९ वटा सबै नेटवर्कमा पठाउन सकिने एसएमएस सेवा बाहेक थप ३० जीबी बोनस डेटा प्राप्त गर्दछन् ।

यो डबल डेटा बोनस अफर हाल संचालनमा रहेका सबै सधैँ अन रिन्यूअल प्याकका प्रयोगकर्ताहरूका साथै यो अफर अवधिभित्र यी प्याकहरू लिने नयाँ ग्राहकहरूलाई लागू हुनेछ । यो अफर ग्राहकहरूका लागि निकै फाइदाजनक रहेको छ, किनभने बोनस डेटा पहिले प्रयोग हुने भएकोले प्याकमा पाइने डेटा लगायतका बाँकी सेवाहरू क्यारीओभर अर्थात् थपिएर अर्को महिनामा पाइन्छ ।

हाल एनसेलले सधैँ अन रिन्यूअल योजनाअन्तर्गत डेटा, भ्वाइस, र एसएमएस सेवाहरू बन्डल भएको ६ वटा मासिक रिन्यूअल प्याकहरू प्रदान गरिरहेको छ । प्रत्येक प्याकमा निःशुल्क अन लिमिटेड यूट्यूब डेटा र राति ११ बजे देखि बिहान ७ बजेसम्म अन लिमिटेड इन्टरनेट चलाउन मिल्ने नाइट डेटा पनि समावेश रहेका छन् ।

कर सहित ७ लाख ९९ हजार ९९९, र १,४९९ को रिन्यूअल प्याकहरूमा ग्राहकहरूले ३० दिनसम्म मान्य रहने प्रतिदिन १ हजारका दरले अधिकतम १० हजार सम्मको अस्पताल भर्ना बीमा सुविधा पनि प्राप्त गर्दछन् ।

अर्को एनएसएल विशेष अफर एनसेल एपमा मात्र उपलब्ध रहने एनएसएल फ्ल्यास सेल रहेको छ । यस अफरअन्तर्गत, ५० मा २४ घण्टा लागि मान्य ५० अन लिमिटेड डेटा लिने ग्राहकले बोनस स्वरुप २० मिनेट एनसेलबाट अन्य एनसेल नम्बरमा कल गर्न सकिने टक टाइम प्राप्त गर्दछन् ।

त्यस्तै, १५० मा ७ दिनसम्म मान्य हुने ७ जीबी डबल मजा प्याक किन्दा ग्राहकहरूले बोनसका रुपमा थप २ जीबी डेटा बोनस प्राप्त गर्दछन् । नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल खेल एनएसएलमा थप रोमाञ्चकता थप्दै संचालनमा ल्याईएका यी अफरहरूले ग्राहकहरूलाई ठुलो महत्त्व राख्ने एनसेलले जनाएको छ ।

एनसेल यस सिजन ३ मा टाइटल स्पोन्सरका रूपमा आबद्ध रहेको छ । ‘हामी तपाईंकै लागि’ भन्ने आफ्नो थिमलाई प्रतिबिम्बित गर्दै एनसेलले नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न प्लेटफर्म उपलब्ध गराउने प्रतिबद्धताका साथ देशमा खेलकुदको विकासमा योगदान पुर्‍याउने उद्देश्य अनुरूप यो सहकार्य गरेको हो ।