काठमाण्डु– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा झिनो अंकले उकालो लागेको छ ।
आज नेप्से ३.३५ अंक बढेर परिसूचक २७०३ अंकमा कायम भएको छ ।
अघिल्लो दिन ५ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८४ करोडको भयो । कुल ९३ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो ।
ग्रीन भेन्चर्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो भने उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै ७।८ प्रतिशत घट्यो ।
आज बैंकिङ सेक्टर ०.९६ प्रतिशत, अन्य सेक्टर १.४५, हाइड्रोपावर ०.०३ र निर्जीवन बीमा ०.५९ प्रतिशत बढे ।
यस्तै व्यापार सेक्टर सबैभन्दा धेरै १.६६ प्रतिशत घट्यो । विकास बैंक ०.१७, फाइनान्स १.५९, होटल तथा पर्यटन ०.१२, लगानी ०.०३, जीवन बीमा ०.६६, उत्पादन ०.९८, माइक्रोफाइनान्स ०.३७ प्रतिशत घटे ।
कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर अगाडी रहे ।
प्रतिक्रिया