काठमाण्डु- भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत आइतबार पनि दुई रोमाञ्चक खेलहरू हुँदैछन्।
दिउँसो ३ : ४५ बजे जयपुरको सवाई मानसिंह स्टेडियममा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु आमनेसामने हुनेछन्।
राजस्थान ५ खेलमा २ जितसहित तालिकाको सातौं स्थानमा छ भने बेंगलुरु ५ खेलमा ३ जितसहित पाँचौं स्थानमा छ। दुवै टोली आजको खेल जित्दै अंक तालिकामा सुधार गर्न चाहन्छन्।
बेलुका ७ : ४५ बजे दिल्लीको अरुण जेट्ली स्टेडियममा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स भिड्नेछन्।
दिल्लीले अहिलेसम्म ४ खेलमा अपराजित रहँदै तालिकाको शीर्ष स्थानमा आफ्नो पकड जमाएको छ। मुम्बई भने ५ खेलमा १ जितसहित तालिकाको नवौं स्थानमा संघर्ष गरिरहेको छ। मुम्बई आजको खेल जित्दै तालिकामा सुधार गर्न चाहन्छ भने दिल्ली जितको लयलाई निरन्तरता दिन चाहन्छ।
प्रतिक्रिया