काठमाण्डु- सुनको भाउले आइतबार पनि कीर्तिमान बनाएको छ ।
आइतबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर अहिलेसम्मकै उच्च एक लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शुक्रवार सुनको भाउ तोलाको एक लाख ८५ हजार रुपैयाँ रहेको थियो ।
यस्तै आइतबार चाँदीको भाउ तोलामा ५५ रुपैयाँले बढेर बढेर एक हजार नौ सय ६० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया