काठमाण्डु-नयाँ वर्ष २०८२को पहिलो वैशाख महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ व्याजदर सार्वजनिक गरेका छन् ।
२० वटा वाणिज्य बैंकहरूमध्ये अधिकांशले ब्याजदर स्थिर राखेका छन् ।
१६ वटाले बैंकले चैत महिनाको ब्याजदरलाई वैशाखमा पनि यथावत् राखेका छन् भने ३ बैंकले ब्याजदर घटाउँदा १ वटाले बढाएको छ।
कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंकले वैशाखका लागि व्याजदर घटाउँदा एभरेष्ट बैंकले बढाएको छ ।
चैतमा ६ प्रतिशत ब्याजदर रहेको एभरेष्ट बैंकले वैशाख महिनामा ६.६१ प्रतिशत पुर्याएको छ ।
यस्तै व्यक्तिगततर्फ ६.०१ प्रतिशत ब्याज दिँदै आएको कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ५.९२ प्रतिशत र संस्थागततर्फ ४.९२ प्रतिशत ब्याजदर दिने भएको छ ।
यस्तै सानिमा बैंकले ब्याजदर घटाएर वैशाखमा व्यक्तिगततर्फ ५.९५ प्रतिशत र संस्थागततर्फ ४.२ प्रतिशत ब्याज दिने छ। नेपाल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घटाउँदै ५.१५ प्रतिशत पुर्याएको छ।
ग्लोबल आईएमई बैंकले ६ कृषि विकास बैंकले ५.५, हिमालयन बैंकले ५.५, लक्ष्मी सनराइज बैंकले ५.७५, माछापुच्छ्रे बैंकले ६ ,एनएमबि बैंकले ६.६ , प्राइम कमर्सियल बैंकले ६.२५, प्रभु बैंकले ६.१०, राष्ट्रिय वाणिज्य बैंकले ६, नेपाल एसबीआई बैंके ५.५, सिद्धार्थ बैंकले ६ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत ब्याजदर दिने छन्। यी बैंकहरुले चैत महिनाका ब्याजदरलाई निरन्तरता दिने छन् ।
प्रतिक्रिया