३ रनले हार्‍यो नेपाल, कुवेतले लग्यो सिरिज उपाधि

३ रनले हार्‍यो नेपाल, कुवेतले लग्यो सिरिज उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– हङकङमा जारी चारदेशीय टी-२० आई शृङ्खलाअन्तर्गत फाइनल खेलको उपाधि कुवेतले जितेको छ ।

नेपाललाई ३ रनले हराउँदै कुवेतले सिरिजको उपाधि हात पारेको हो ।

१७५ रनको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएरु १७१ रन बनायो ।

नेपालका लागि बसिर अहमदले सर्वाधिक ८० रन, नन्दन यादवले ३७ रन र ओपनर आसिफ शेखले २१ रनबाहेक अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेठ गुमाएर १७४ रन बनाएको थियो ।

कुवेतका लागि रविजा सन्दारुवानले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा छ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाए । क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीट भावसारले १६ र मोहम्मद असलमले १३ रन बनाए भने अन्य खेलाडीले दोेहोरो अंक रन जोेड्न सकेनन् ।

नेपालका लागि सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिँदा करण केसी र कुशल भुर्तेलले एकरएक विकेट