रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो

रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-रास्वपा सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा दिएको निवेदनमाथिको सुनुवाइ सकिएको छ।

आइतबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ सकिएको हो।

भैरहवा कारागारमा रहेका लामिछाने गत शुक्रबार आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै सर्वोच्चमा निवेदन दर्ता गराएका थिए ।

रवि पत्नि निकिता पौडेल आफै गएर निवेदन दर्ता गराएकी थिइन् ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटीमा रिहा गर्न दिएको आदेश उल्ट्याउदै उच्च अदालत बुटवल तुलसीपुरले थुनामा राख्न आदेश दिएको थियो ।