घट्यो सेयर बजार, परिसुचक २६६२ मा झर्‍यो

घट्यो सेयर बजार, परिसुचक २६६२ मा झर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साताको कारोबारको पहिलो दिन नेप्से ८.६२ अंले घटेर परिसुचक २६६२ बिन्दुमा पुगेको छ ।

आज १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर किनबेच हुदा ६ अर्ब २८ करोड २ लाख ९६ हजार २४५ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूह ०.१४, लगानी १.६८, म्युचुअल फन्ड ०.२६ र निर्जीवन बीमा ०.०८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ ०.२१, विकास बैंक ०.७७, फाइनान्स ०.८८, हाइड्रोपावर ०.४५, जीवन बीमा ०.६१, उत्पादन ०.८४ र लघुवित्त ०.२६ प्रतिशत घटेका छन् ।

गुडविल फाईनान्स लिमिटेड डिबेञ्चर–२०८३ र नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी होल्डिङ्स लिमिटेडको रू ४५ करोड ३२ लाख नौ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको आठ लाख ९४ हजार पाँच सय १० कित्ता शेयर किनबेच भएको छ ।