तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहले खोले मुख

तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहले खोले मुख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनबाट भएको क्षतिले आफूलाई दुखी तुल्याएको बताएका छन् ।

उक्त प्रदर्शनको २ सातापछि आइतबार भिडिओ सन्देश जारी गर्दै उनले तीनकुने घटनामा भएको हिंसा, आगजनी तोडफोड, मानवीय एवम् भौतिक क्षतिका बारेमा सुन्दा आफूलाई दुःख लागेकाे बताएका हुन् ।

उनले भने ‘समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा र विचार अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो,’ उनले भनेका छन्, ‘त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम् अपनाउनुपर्दछ। तर केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी तोडफोड भयो, यसबाट जसप्रकारको मानवीय एवम् भौतिक क्षति भयो, यो सुन्दा हामीलाई दुःख लाग्यो।’

यस्तै उनले जनतामा जागरूकता पैदा हुनु भने सकारात्मक रहेको बताउँदै ‘नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद अरु हुँदैन। वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो नराम्रो जनगुनासो सुन्ने परम्परा र संस्कार हुन्छ। नेपाली जनतालाई देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ। यसलाई हामीले सकरात्मक लिएका छौँ,’ उनले भने ।