काठमाण्डु– वीरगञ्जमा दुई समुदायबीचको विवाद अन्त्यका लागि ५ बुँदे सहमति भएको छ ।
हनुमान जयन्तीको शोभायात्राको क्रममा विवाद झडप भएपछि दोषीमाथि कारबाही गर्ने र समाजिक सद्भाव कायम राख्ने सर्वपक्षीय सहमति भएको हो ।
आइतबार जिल्ला प्रशासन कार्यालय पर्साको पहलमा भएको सर्वपक्षीय भेलामा ५ बुँदे सहमति भएको हो।
सर्वपक्षीय निर्णयका बुँदमा घटनाको विस्तृत छानबिन गरी संलग्न दोषीहरूलाई अनुसन्धान गरी कारवाही गर्ने, अन्तरधार्मिकरसाम्प्रदायिक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण प्रतिवद्ध रही कानूनी कारवाही प्रकृयामा सहयोग पुर्याउने, घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने ।
क्षतिको परिपूरणका लागि प्रशासनले पहल गर्ने, कुनै पनि जात्रा, पर्व, कार्यक्रममा हातहतियार प्रदर्शन नगर्ने, गरेमा कारवाहीको दायरामा ल्याउने विषय समेटिएको छ ।
शनिबार दिउँसो हनुमान जन्मोत्सवको अवसरमा वीरगञ्जमा निकालिएको शोभायात्रा नगर परिक्रममा गर्ने क्रममा छपकैयामा ढुंगा हानिएपछि दुई समूहबीच झडप भएको थियो । अवस्था तनावपूर्ण बनेपछि हिजो अपरान्हबाट जारी कफ्र्यू आज मध्यरातसम्म लम्ब्याइएको छ ।
प्रतिक्रिया