माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीच सहयोग आदानप्रदानको समझदारी

माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीच सहयोग आदानप्रदानको समझदारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) बीच आपसी सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

चीनको चोङकिङ नगरमा आज आयोजित एक कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीअनुसार पार्टी निर्माण, राज्य सञ्चालन, कार्यकर्ता प्रशिक्षण तथा अनुभव साटासाटका क्षेत्रमा आपसी सहकार्यलाई सुदृढ बनाइने छ ।

यस्तै, पार्टी स्कुल विकास, पाठ्यक्रम निर्माण, शिक्षक विकास र शिक्षण विधिमा सहकार्य गर्दै कार्यकर्ता शिक्षाको अन्तरराष्ट्रियकरण तथा व्यावसायिकता प्रवद्र्धन गरिने प्रतिनिधिमण्डलका सदस्य रामदीप आचार्यले राससलाई जानकारी दिए।

समझदारीपत्रमा उच्चस्तरीय भ्रमण, शिक्षक आदानप्रदान, संयुक्त गोष्ठी, कार्यशालाहरू तथा शैक्षिक संवादमार्फत उच्चस्तरीय संयन्त्र निर्माण गरिने उल्लेख छ ।

माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा नेतृत्वको प्रतिनिधिमण्डल गत बुधबारदेखि चीनको भ्रमणमा छ ।