जनतासँग माओवादीको जागरण अभियान फेरि सुरू

जनतासँग माओवादीको जागरण अभियान फेरि सुरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान फेरि सुरु गरेको छ ।

माओवादी केन्द्रको पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रीत जनतासँग माओवादी तराई मधेस जागरण अभियान नयाँ वर्ष पहिलो दिन सोमबारबाट पुनः सुरु भएको हो ।

सोहि अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष क.पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रीत जनतासँग माओवादी तराई मधेस जागरण अभियान टिम अन्तर्गत नवलपुरको गैडाकोट पुगेका छन् ।

अभियान टिमलाई नवलपुरको गैडाकोटमा भव्य स्वागत गरिएको छ । अध्यक्ष प्रचण्ड लगायतका नेताहरू आज र भोलि नवलपुरका जनतासंग रहनेछन् । माओवादीको यो अभियान फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको थियो । निरन्तर गर्ने तयारी गरेपछि माओवादी अहिले केही समय रोक्दै फेरि सुरु गर्दै आइरहेको छ ।

अभियान सुदूरपश्चिमको कञ्चनपुर पुगेर टुंग्याउने माओवादीको तयारी छ । अभियान प्रभावकारी भएको र जनतासँग पार्टीलाई जोड्न सफल भएको माओवादीको नेताहरुको दाबी छ । यो अभियानमा पार्टीका उपमहासचिव तहसम्मका सबै नेताहरुलाई अनिवार्य सहभागी हुँदै आइरहेका छन् । आजबाट सुरु भएको अभियानमा पूर्वउपराष्ट्रपति समेत रहेका नन्दबहादुर पुन पनि जोडिएका छन् ।