मातातीर्थ सबस्टेशनको ब्रेकर प्यानलमा आगलागीपछि वैकल्पिक व्यवस्थाबाट आपूर्ति दिइँदै

मातातीर्थ सबस्टेशनको ब्रेकर प्यानलमा आगलागीपछि वैकल्पिक व्यवस्थाबाट आपूर्ति दिइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणको मातातीर्थ सबस्टेशन अन्तर्गतको ११ केभी फिडर लाइनहरूमा विद्युत् आपूर्ति नियन्त्रणका लागि प्रयोग हुने ब्रेकर प्यानलमा आइतबार दिउँसो आगलागी हुँदा ३ वटा फिडरबाट विद्युत् वितरण प्रभावित भएको छ । यसपछि वैकल्पिक व्यवस्थाबाट आपूर्ति मिलाइएको छ ।

परीक्षणको क्रममा आगलागी भएको हुँदा त्यसको सम्पूर्ण जिम्मेवारी ठेकेदारले लिएर जलेका उपकरण प्रतिस्थापन गर्ने प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । उनका अनुसार फिडरहरूमा विद्युत् दिने र काट्ने कार्यका लागि प्रयोग हुने ब्रेकर प्यानलको स्विच सञ्चालन गर्न खोज्दा ‘स्पार्क’ भएर उक्त प्यानलमा आगलागी भएको थियो ।

‘बूढानिलकण्ठ, चपलीबाट स्वीचगियर ल्याएर बदली गरिने र तत्कालका लागि स्यूचाटार सबस्टेसनबाट रिरोटिङ गरी आपूर्ति व्यवस्था मिलाइएको छ,’ शाक्यले भने, ‘प्राविधिक त्रुटीका विषयमा ठेकेदारसँग छलफल गरी सत्यतथ्य पत्ता लगाई आउने दिनमा यस्तो घटना हुन दिइने छैन ।’

उक्त प्रसारण लाइन निर्माण ठेकेदार हाइटेन्सन स्वीचगियरले निर्माण गरेको हो ।